अञ्जली अधिकारी र बिक्रम चौहान ‘साउदी कतार’मा
२०७७ असोज २५ गते

काठमाडौं । नव गायक विकाश थापाको ‘साउदी कतार’ बोलको गीत भर्खरै मात्र बजारमा आएको छ ।
‘ साउदी कतार’ नेपाली बेरोजगार युवा तथा प्रदेशी जीवन बिताइरहेका नेपालीहरुको कथा र नेपालमा रोजगारी सिर्जना गर्न नसक्नुको पीडा बोकेको गीत हो ।
गीतमा गायक तथा सर्जक विकाश थापा र सुनिल लामाको आवाज, रिदम अस्मित साउदको संगीत र विशाल निरौलाको एरेञ्ज रहेको छ । भिडियोलाई निर्देशक विक्रम चौहानले निर्देशन गरेका हुन् ।
भिडियोमा विक्रम र अञ्जली अधिकारीको अभिनय रहेको छ । गीतको छायांकन र सम्पादन अमन बडुको रहेको छ ।
भिडियाे यहाँ हेर्न सकिन्छ :
https://youtu.be/lQwYiY3wsZk
२०७७ असोज २५ गते
प्रतिक्रिया
सम्बन्धित








