खुकुरी प्रहार गरी श्रीमानले गरे श्रीमतीकाे हत्या

झापा । धारिलाे हतियार खुकुरी प्रहार गरी आफ्नै श्रीमतीकाे हत्या अभियाेगमा एक जना पक्राउ परेका छन् ।

२४ वर्षीया रिता थापालाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा कमल गाउँपालिका-२ त्रिवेणी चोक बस्ने ३४ वर्षीय रामजी थापालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हाे ।

घरायसी बिवादको कारण रामजीले खुकुरी प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी तोपगाछीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया