अमृत र कमलाको दोस्रो सहकार्य ‘औँठी सुनैको’ बजारमा (भिडियोसहित)

काठमाडौं । गायक अमृत सापकोटा र बाल गायिका कमला घिमिरेको स्वरमा सजिएको ‘औठी सुनैको’ बोलको गीत सार्वजनिक गरिएको छ ।

शिव हमालको शब्द तथा राधिका हमालको संगीत रहेको उक्त गीतमा विश्वास नेपालको एरेञ्ज रहेको छ । सो गीतको अडियो तथा भिडियो निकै नै उत्कृष्ट बनेको छ । गीतको भिडियोमा अमृत र कमलाले प्रत्यक्ष दोहोरी खेलेको देख्न सकिन्छ ।

कमला र अमृतको पहिलो गीत ‘चिया छानेको’ ले पनि बजारमा राम्रो तहल्का पिटेको थियो । यो कमला र अमृतको दोस्रो सहकार्य हो । केहि दिन अगाडि मात्र विशाल इन्टरटेन्मेन्टबाट सार्वजनिक भएको सो गीतलाई दर्शकले धेरै नै मन पराएका छन् ।

उक्त गीतमा मिलन विश्वकर्माको सम्पादन, प्रकाश खड्काको छायांकन र विक्रम चौहानको निर्देशन रहेको छ ।

भिडियो यहाँ हेर्न सकिन्छ :

प्रतिक्रिया