मदन भण्डारी फाउन्डेसन खैरहनीको पदाधिकारी चयन 

चितवन। मदन भण्डारी फाउन्डेसन खैरहनी नगर कमिटीको पदाधिकारी चयन गरिएको छ । शनिवार बसेको दोस्रो सचिवालय बैठकले पदाधिकारीहरू र सल्लाहकारहरू चयन गरेको हो ।

फाउन्डेसनको नगर अध्यक्ष भने असार ८ गते नै चयन गरिएको थियो । फाउन्डेसनको उपाध्यक्षमा स्वरूप सुयाल, दीपेन्द्र खरेल र शान्ति अधिकारी तथा सचिवमा प्रेम केसी र कोषाध्यक्षमा शान्ति चौधरी चयन भएका छन् ।

बैठकले नगर कमिटीको ९ सदस्यीय सल्लाहकार कमिटीसमेत चयन गरेको छ। सल्लाहकार कमिटीको संयोजकमा मुकुन्द दाहाल, सदस्यहरूमा अशोक रैला, वसन्त नेपाल, मुकुन्द दुवाडी, कमल न्यौपाने, ईन्द्रप्रसाद लामिछाने, भरत भण्डारी, राजेन्द्रप्रसाद सिवाकोटी र श्याम कँडेल रहेका छन् ।

साथै नगर सचिवालय कमिटी कूल ३३ सदस्यीय रहने निर्णय समेत गरेको छ । फाउन्डेसनका अध्यक्ष पूर्णबहादुर डल्लाकोटीको अध्यक्षतामा एवं मदन भण्डारी फाउन्डेसन चितवनका संस्थापक अध्यक्ष एवं बागमती प्रदेश मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार जगन्नाथ थपलियाको प्रमुख आतिथ्यतामा बैठक बसेको थियो ।

बैठकका प्रमुख अतिथि थपलियाले मुलुक अहिले मदन भण्डारीले देखाएको बाटोमा नै हिँडिरहे बताउँदै मदन भन्डारीले प्रतिपादन गरेको नेपाली क्रान्तिको मौलिक सिद्धान्त जनताको बहुदलीय जनवादको विचारलाई अनुशरण गर्दै रचनात्मक सामाजिक काम गरेर समाजलाई योगदान दिन आग्रह गरे।

बैठकमा मदन भण्डारी फाउन्डेसन चितवन कमिटीका अध्यक्ष डा. तिलचन्द्र भट्टराई, जिल्ला सचिव श्याम विष्ट, सहसचिव तिलकराज रिमाल, मदन भण्डारी फाउन्डेसन जिल्ला कमिटीका सदस्यहरू कृष्णलाल चौधरी, शेखर शर्मा रेग्मी, किशोर बाबु पुरी, राष्ट्रिय युवा सङ्घ नेपाल केन्द्रीय कमिटी सदस्य प्रताप डल्लाकोटी लगायतका अतिथिहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया