गायक जनम थुलुङको ‘तिमीलाई हेरी’ बजारमा [भिडिओसहित]

काठमाडौं । गायक जनम थुलुङको ‘तिमीलाई हेरी’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

जेनी राईको शब्दमा बनेको गीत केही पहिले जनम थुलुङ अफिसियलबाट सार्वजनिक गरिएको हो । गायक थुलुङकै संगीत संयोजन रहेको गीतको म्यूजिक भिडियोमा प्र्याङ्कस्टार एलिस राई र अनुषा राईको अभिनय रहेको छ ।

गीतमा गायक थुलुङलाई चर्चित गायिका मेलिना राईले साथ दिएकी छन् । पूर्वी खोटाङमा जन्मिएका गायक थुलुङको मरे कटुञ्जे, म सिसाको मान्छे भएँलगायतका दर्जनौं गीतहरु चर्चामा छन् ।

गायक थुलुङले गीतसंगीतमार्फत् आफ्नो भाषा, धर्म र संस्कृति, रीति रिवाजमा योगदान दिँदै आएका छन् ।

https://youtu.be/NpSflu1S2rQ

प्रतिक्रिया