आलिया भट्टको ‘गंगूबाई काठियावाडी’को छायांकन शुरू

एजेन्सी । विश्वमा कोरोना कहर घटेको छैन । त्यस्तै भारतमा पनि दैनिक ६० हजारभन्दा बढी संक्रमितहरु थपिइरहेका छन् ।

कोरोनाकै बिचमा बलिउड अभिनेता अक्षय कुमारको चलचित्र ‘बेल बट्टम’को छायांकन सकियो । त्यस्तै अर्का अभिनेता सलमान खानको चलचित्र ‘राधे’को पनि छायांकन शुरू भएको छ ।

अभिनेत्री आलिया भट्टले पनि सञ्जय लीला भन्सालीको नयाँ चलचित्र ‘गंगूबाई काठियावाडी’ को छायांकन शुरू  गरेकी छन् । यो चलचित्रको छायांकन जनवरीभित्र पूरा गर्ने तयारी गरिएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार, अहिले सो चलचित्रको छायांकन मुम्बईको फिल्मसिटीमा भइरहेको छ । सो चलचित्रको छायांकन भने रातको समयमा भइरहेको छ ।

सबै कलाकारहरु ट्राफिकहरुबाट बच्नको लागि साँझ परेपछि सेटमा आउँछन् । रातभरी छायांकन गरेर विहान घर फर्किन्छन् । आलिया पनि रातकाे छायांकनको लागि राजी भएकी छन् ।

सन् १९६० को दशकमा मुबईंको कमाठीपुरामा एउटा वेश्यालय चलाउने गंगूबाईको जीवनीमा उक्त चलचित्र बन्न लागेको हो । आलिया यो चलचित्रमा फरक भूमिकामा देखिँदै छन् ।

आलियाले निर्देशक सञ्जयसँग पहिलो पटक काम गर्न लागेकी हुन् ।

प्रतिक्रिया