चलचित्र ‘सेल्फी किङ’ ट्रेन्डिङ २ मा

काठमाडौं । गत वर्षको माघमा रिलिज भएको चलचित्र ‘सेल्फी किङ’ अहिले ओएसआर डिजिटलको अफिसीयल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

चलचित्रमा भर्सटायल अभिनेता विपीन कार्की मुख्य भूमिकामा रहेका छन् । विपिनसँगै लक्ष्मी बर्देवा, अभय बराल, भुवन चन्द, जीवन भट्टराई आदि कलाकारले पनि मुख्य भूमिका नै निर्वाह गरेका छन् ।

आज भन्दा ६ दिन अगाडि युट्युबमा सार्वजनिक गरिएकाे चलचित्र अहिले युट्युबको ट्रेन्डिङ नम्बर २ मा पर्न सफल भएको छ । अहिलेसम्म यो चलचित्रले १३ लाख भ्यूज पाइसकेको छ ।

चलचित्रमा विपीन लोकप्रिय हाँस्यकलाकार गोपालको भूमिकामा छन् । विशाल सापकोटाको लेखन र निर्देशन रहेको सो चलचित्रमा दिनेश राउत र सुभाष थापाको लगानि रहेको छ ।

हलमा दर्शकले त्यती नरुचाएको चलचित्र अहिले युट्युबमा भने दर्शकले निकै नै रुचाएका छन् । हलबाट सु:खद व्यापार र राम्रो प्रतिक्रिया समेत नपाएको चलचित्रले अहिले भने राम्रो प्रतिक्रिया पाइरहेको छ ।

प्रतिक्रिया