असोज २२ गते विहिबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल [भिडियोसहित]
![असोज २२ गते विहिबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल [भिडियोसहित]](https://www.makalukhabar.com/wp-content/uploads/2020/08/banner-Raashifal_makalukhabar-1.png)
आजको पञ्चाङ्ग
वि.संवि.सं.२०७७ साल असोज २२ गते । बिहीबार । ईश्वी सन् २०२० अक्टोबर ०८ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । अधिक आश्विन कृष्णपक्ष । तिथि–षष्ठी,१० घडी ०० पला,मध्यान्ह १२ बजेर ०१ मिनेट उप्रान्त सप्तमी । नक्षत्र–मृगशिरा,३३ घडी ५६ पला,बेलुकी ०७ बजेर ३५ मिनेट उप्रान्त आद्र्रा । योग–वरियान,४४ घडी १० पला,बेलुकी ११ बजेर ४१ मिनेट उप्रान्त परिध । करण–वणिज,मध्यान्ह १२ बजेर ०१ मिनेट उप्रान्त भद्रा,रातको १२ बजेर ०१ मिनेट उप्रान्त बव । आनन्दादिमा–मृत्यू योग । चन्द्रराशि–बृष,बिहान ०६ बजेर ५२ मिनेट उप्रान्त मिथुन । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ०० मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ४० मिनेट । दिनमान २९ घडी ०९ पला ।
आजको बार बेला ।
बिहान ६ बजेर ०१ मिनेटदेखी बिहान ७ बजेर २८ मिनेटसम्म रोग बेला ।
बिहान ७ बजेर २९ मिनेटदेखी बिहान ८ बजेर ५५ मिनेटसम्म उद्वेग बेला ।
बिहान ८ बजेर ५६ मिनेटदेखी बिहान १० बजेर २३ मिनेटसम्म चर बेला ।
बिहान १० बजेर २४ मिनेटदेखी बिहान ११ बजेर ५० मिनेटसम्म लाभ बेला ।
बिहान ११ बजेर ५१ मिनेटदेखी दिउसो १ बजेर १८ मिनेटसम्म अमृत बेला ।
दिउसो १ बजेर १९ मिनेटदेखी दिउसो २ बजेर ४५ मिनेटसम्म काल बेला ।
दिउसो २ बजेर ४६ मिनेटदेखी बेलुकी ४ बजेर १३ मिनेटसम्म शुभ बेला ।
बेलुकी ४ बजेर १४ मिनेटदेखी बेलुकी ७ बजेर १३ मिनेटसम्म अमृत बेला ।
नोटःशुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।राहुकाल
दिउसो ०१ बजेर १७ मिनेटदेखी दिउसो ०२ बजेर ४५ मिनेटसम्म रहने ।
आजको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) दाजुभाई तथा छिमेकिसँग अनाबस्यक बिवाद हुनसक्छ ध्यान दिनुहोला । पढाइ लेखाइमा अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ । स्वास्थ्यमा कमजोरि देखिने हुँदा दैनिक कामकाजमा समस्या पैदा हुन सक्छ ख्याल गर्नुहोला । आफन्त तथा साथिभाईबाट सुनिने दुखित समाचारले मन खिन्न हुनेछ । व्यापार व्यावसायमा नाँफा कमाउन निकै समय खर्चनु पर्नेछ । तरपनि छोटो दुरिको रमाईलो यात्रा हुनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) राम्रा काम गर्दा गर्दै बिपक्षहरुले अनावस्यक भ्रम सिर्जना गरेर तपाईको साख गिराउन खोज्नेछन् । कार्य क्षेत्रमा काम बिग्रने तथा आलोचनाको शिकार हुनुपर्दा मान सम्मानमा आघात पुग्नेछ । व्यापारमा भनेजस्तो आम्दानि नहुने हुनाले दैनिकी प्रभावित हुनेछ । उपलब्धी बिहिन काममा समय गुज्रिने हुँदा पढाइ लेखाइमा ध्यान जाने छैन । प्रेम सम्बन्धमा सामान्य घटपट हुन सक्छ ध्यान दिनुहोला ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) समाजसेवा तथा कल्याणकारि काममा दिन बित्ने योग रहेकोछ । काम बन्नाले दिन उत्साहबर्धक रहनेछ । राजनीति तथा सरकारि काममा सफल भई नाम कमाउन सकिनेछ । धर्ममा मन जाने हुनाले धार्मिक स्थल तथा मन्दिर तिरको यात्रा गरि टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । अध्ययन तथा लेखन क्षेत्रका समय लगानी गरि आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।
बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) कामप्रति लगनशीलता बढ्ने भएपनि उपलब्धि न्यून हुनेछ । आज गरिने काममा अवरोधको सामना गर्नु पर्नेछ । दैनिक कामकाजको चाप बढ्न सक्छ । घरायसी प्रयोजनका विषयमा खर्च बृद्धि हुनेछ । भौतिक स्रोत साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । आफन्त तथा दिदि बहिनीसँग राय बाजिनेछ । तरपनि नसोचेको धन सम्पती हात लाग्न सक्छ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) पढाइ लेखाइ तिब्र गतिमा अगाडि बढ्नेछ भने बौद्धिक कार्यमा सहभागि भई उत्कृष्ट प्रश्तुति दिई भनेजस्तो पारिश्रमिक हात लगाउन सकिनेछ । आकस्मिक धन तथा सम्पति लाभ हुने योग रहेकोछ । बंश बृद्धिको योग रहेकोछ भने सन्तानको प्रगतिमा मन रमाउनेछ । शेयर बजार,बैक तथा बित्तिय क्षेत्रमा गरेको लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । समुदायको हितमा काम गरि नाम कमाउन सकिनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) घर जग्गा तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला बिचौलियाहरुले फसाउन सक्छन् । सामाजिक काममा समय खर्चिय पनि जनताबाट भनेजस्तो समर्थन पाउन मुस्किल रहेकोछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरु भन्दा पछि परिनेछ । आमा तथा आफन्तसँग छुट्टिएर टाडाको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ध्यान दिनुहोला । तरपनि कृषि तथा पशुपालन व्यावसायमा लगानी गरि आम्दानिका स्रोत बढाउन सकिनेछ ।
तपाईँको दिन शुभ रहोस् ।
- ज्यो. डिपी उपाध्याय ।








