ड्रग्स केसमा फसेकी दीपिका गोवा जाँदै

एजेन्सी । ड्रग्स केसमा फसेकी बलिउड अभिनेत्री दीपिका पादुकोण फेरि गाेवा जाने भएकी छिन् ।

यसअघि गाेवामा शुटिङ चलिरहेकाे शकुन बत्राको चलचित्रमा काम गरिरहेकी दीपिका ड्रग्स केसमा मुछिएपछि मुम्बइ आएकी थिइन् । अहिले साेही चलचित्रकाे शुटिङका लागि उनी गाेवा जान लागेकी हुन् ।

भारतीय सञ्चार माध्यमका अनुसार शकुन बत्राकाे चलचित्रमा सिद्धान्त चतुर्वेदी र अनन्या पाण्डे पनि महत्वपूर्ण भूमिकामा देखिँदैछन् । दीपिकाको अनुपस्थितिमा निर्माताहरूले अनन्या र सिद्धार्थसँग शुटिङ जारी राखेका थिए।

सुशान्तसिंह राजपूतकाे आत्महत्या केसकाे अनुसन्धानका क्रममा आएकाे ड्रग्स केसमा दीपिका पनि मुछिएकी थिइन् । उनलाई साेधपुछका लागि एनसीबिले बोलाएको थियो । २०१७ मा दीपिकाले आफ्नो प्रबन्धक करिश्मासँग गरेकाे च्याटमा उनले ड्रग्सका कुराहरू गरेकी थिइन् ।

सो कुराकानीका कारण उनलाई सोधपुछ गरिएको थियो । केहि घण्टासम्म चलेको सोधपुछको क्रममा, दीपिकाले आफू पनि त्यस च्याटको एक हिस्सा भएको स्वीकार गरेकी थिइन् । सोही समयमा दीपिकाको फोन पनि कब्जा गरिएको थियो । एनसीबीले भनेको छ, ‘कुनै क्लिन चिट कसैलाई दिइएको छैन ।’ उनलाई जुनसुकै बेला पनि साेधपुछका लागि एनसीबीले बाेलाउन सक्नेछ ।

प्रतिक्रिया