हाँस्य कलाकार हरिवंशको जोडीलाई कोरोना संक्रमण

काठमाडौं । हाँस्य कलाकार हरिवंश आचार्यलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

कोरोना पुष्टि भएको हरिवंशले आफ्नो सामाजिक सञ्जालबाट जानकारी दिएका हुन् । उनीसँगै उनको श्रीमती रमीलालाई पनि कोरोना पुष्टि भएको छ । सामान्य लक्षण देखिएपछि उनी र उनकी श्रीमतीले पिसीआर परीक्षण गराएका थिए । आज रिपाेर्ट पोजेटिभ आएको हो ।

हरिवंशले अहिले आफ्नो र श्रीमतीकाे स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन् । यस्तै उनले  आफुहरुसँग सम्पर्कमा आएकाहरुलाई होम आइसोलेसनमा बस्न र कोरोना परिक्षण गराउन पनि सुझाव दिएका छन् ।

प्रतिक्रिया