प्रदेश ५ को नाम र राजधानीका लागि मतदान प्रक्रिया सुरु
२०७७ असोज २० गते

काठमाडौं । प्रदेश ५ को नाम र राजधानी तोक्नका लागि मतदान प्रक्रिया सुरु भएको छ ।
प्रदेशसभामा पेस भएको नाम र राजधानीको प्रस्तावको पक्षमा मतदान गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलले ह्वीप जारी गरेको छ ।
यस्तै कांग्रेसले विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ । प्रदेशका कुल ८७ सांसदमध्ये ६१ जना नेकपाका मात्रै छन् । यस्तै कांग्रेसका १९ सांसद छन् ।
प्रतिपक्षी कांग्रेसका केही सांसदहरूले पार्टीकाे ह्वीप नमान्ने अडान कसेका छन् । राजधानी र नामबारे आजै टुंगो लाग्नेछ ।
२०७७ असोज २० गते
प्रतिक्रिया
सम्बन्धित








