ताेडफाेडकाे विषयमा कांग्रेस नेता भन्छन्- ‘कानुनमन्त्रीकाे उत्तेजनात्मक भाषाले त्याे घटना भयाे’

काठमाडौं । नेपाली कांग्रेस प्रदेश ५ संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले प्रदेश ५ को सोमबारको प्रदेश सभा बैठकमा भएको तोडफोडका विषयमा स्पष्ट पारेका छन् ।

आजको प्रदेश सभा बैठकमा कांग्रेस नेता कनौडियाले आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले उत्तेजनात्मक भाषा प्रयोग गरेपछि तोडफोड भएको कांग्रेस सांसद कनौडियाले बताए ।

संसदमा उनले भने, ‘हिजो जे भयो हाम्रो पनि चित्त दुखेको छ । हामीले त्यसलाई राम्रो मानेका छैनाैँ । कानुनमन्त्रीजीले उत्तेजनात्मक भाषा प्रयोग गर्नुभयो । त्यसको फलस्वरुप हाम्रा साथीहरु पनि उत्तेजनामा आउनुभयो । उत्तेजनाले त्यो घटना भयाे ।’

साेमबारकाे प्रदेशसभामा प्रतिपक्षी दलले संसदभित्रकाे टेबल-कुर्सी ताेडफाेड गरेकाे थियाे । यस्तै कानूनमन्त्री केसीले विरोध गर्ने सांसदहरुलाई ‘घिसारेर निकालिहाल्’ भन्दै अवाच्छनीय भाषा प्रयाेग गरेका थिए । कांग्रेसले कुर्सी ताेडफाेड गरेकाे विषयमा कांग्रेसका नेताहरूले नै आपत्ति जनाएका छन् । साथै मन्त्री केसीले प्रयाेग गरेकाे भाषाप्रति आक्रोश पोखेका छन् ।

प्रतिक्रिया