प्रदेश ५ को राजधानी विवाद : तीन सांसदको संशोधन प्रस्ताव

काठमाडौं । प्रदेश ५ को राजधानी दाङको देउखुरी क्षेत्र र नाम लुम्बिनी प्रदेश राख्ने प्रदेश सरकारको प्रस्तावमा तीन जना सांसदशरुले संशोधन प्रस्ताव दर्ता गराएका छन् ।

कांग्रेस सांसद पुष्पा थरूनी, कांग्रेसका अर्की सांसद रमा अर्याल र जसपाका सहसराम यादवले प्रस्ताव विपक्षमा संशोधन दर्ता गराएका हुन् ।  सांसद पुष्पाले बुटवललाई नै प्रदेशको स्थायी राजधानी बनाउने प्रस्ताव दर्ता गरेकी छन् भने रमाले बर्दघाट, पाल्पा तिनाउ क्षेत्र, सिद्धार्थ नगर र कपिलवस्तुको शिवराज नगरपालिका क्षेत्र समेटेर राजधानी राख्नुपर्ने प्रस्ताव दर्ता गरेकी छिन् ।

यस्तै जसपाका सहसराम यादव र पुर्मती ढेंगा मगरले थरूहट-अवध-मगरात नाम राख्न माग गर्दै संशोधन दर्ता गरेका छन् । आजै प्रदेश राजधानी र नामबारे मतदान हुँदैछ । जारी प्रदेशसभा बैठकमा छलफल चलिरहेकाे छ ।

प्रतिक्रिया