सांसद शान्ता चौधरीलाई कोरोना पोजेटिभ
२०७७ असोज २० गते

काठमाडाैं । नेकपाकी सांसद शान्ता चौधरीलाई कोरोना पोजेटिभ पुष्टि भएको छ । हिजो दिउसो गरीएको स्वाब परीक्षणमा आफुलाई कोरोना पोजेटिभ देखिएको सांसद चौधरीले बताएकी छन् ।
उनलाई अहिले रुघा लागेको छ । ‘मलाई अहिले रुघा छ, स्वास लिन असजिलो भएको छ । विहान डायरिया भयो । जिउहरु दुखिरहेको छ ।’ सेल्फ आइसोलेसनमा रहेकी सांसद चौधरीले मकालु खबरसँग भनिन् । उनलाई हिजो ज्वरो समेत आएको थियो ।
केही समयअघि दमबाट ग्रस्त भएकी चौधरीले कोरोना पोजेटिभ देखिएपछि अलिक डर लागेको बताइन् । ‘अरु त खासै हैन, मलाई केहि समय अगाडी दम भएको थियो, धेरै दिन विरामी भएकीले तंग्रिइसकेको थिइन ।’
कोठामा छोरीसँग रहेपछि पोजेटिभ पुष्टि भएपछि सेल्फ आइसोलेसनमा बसेको बताउँदै सांसद चौधरीले आफुसँग सम्पर्कमा आएकाहरुलाई पनि पिसिआर गरी सावधानी अपनाउन आग्रह गरेकी छन् ।
२०७७ असोज २० गते
प्रतिक्रिया
सम्बन्धित








