रघुनाथको चलचित्रमा नाजिर हुसेन अनुबन्धित

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) का कारण सात महिनादेखि यता सबै व्यवसाय ठप्प छन् । त्यस्तै चलचित्र क्षेत्र पनि ठप्प छ ।

सात महिनादेखि कुनै पनि चलचित्र न निर्माण भएका छन न रिलिज हुन नै पाएका छन् । लकडाउन सटडाउनदेखि निषेधाज्ञा हुँदै पछिल्लो समय भने सरकारले विभिन्न क्षेत्रलाई सञ्चालनको अनुमति दिएर अलि खुकुलो बनाउँदै आएको छ । तर, चलचित्र क्षेत्रमा भने लगाइएको प्रतिबन्ध हटेको छैन ।

निर्माता तथा निर्देशकहरु सरकारले छायांकनको अनुमति दिने आशामा धमाधम नयाँ चलचित्रहरुको घोषणा गरिरहेका छन् । यसैबीचमा, सञ्चारकर्मी रघुनाथ सापकोटाले पनि चलचित्र निर्माण गर्ने भएका छन् । उनको चलचित्रमा नायक नाजिर हुसेन अनुबन्धित भएका छन् । सो चलचित्रमा नायक अनुबन्धित भए पनि नायिकाको भने टुंगाे लागेकाे छैन ।

सोमबार नायक हुसेनसँग सापकाेटाकाे कागजी सम्झौता भएको छ । सामाजिक विषयवस्तुमा आधारित उक्त चलचित्र अहिलेको यो जोखिम स्थिति अलि सामान्य भएपछि एक कार्यक्रम आयोजना गरेर चलचित्रको नाम र निर्देशक सार्वजनिक गरिने बताइएको छ । यम थापाको पटकथा र संवाद रहेको सो चलचित्रको छायांकन भने फागुनबाट सुरु हुने छ ।

प्रतिक्रिया