यस्ता छन् गाडी किन्नेहरुका लागि चाडपर्व छुट, कुन गाडी किन्दा कस्तो अफर ?

काठमाडौं । नेपालीहरुको महान चाड दशैं नजिकिँदै गएपछि सवारीसाधन बिक्रेता कम्पनीहरुले नगद छुटदेखि अन्य विभिन्न अफरहरु सर्वजनिक गर्ने क्रम बढेको छ ।

दशैं तिहार जस्ता ठूला चाडपर्व भनेको सवारीसाधन विक्रेता र खरिद कर्ता दुवैका लागि फलदायी हुने समय हो । सवारी खरिद गर्नेले पनि अधिकतम फाइदा पाउँछन् विक्रेताले पनि नपाउने कुरै हुँदैन । तर, यसपटकको कोरोना संक्रमणले भने क्रेता र विक्रेता दुवैलाई विगतका वर्षहरुको जस्तो मनग्गे फाइदा चैं छैन ।

यो वर्ष करिब ७ महिना लामो लकडाउनको कारणले गर्दा बजारमा त्यतिधेरै चहलपहल भइसकेको छैन । तथापि, केहि दिनयता विभिन्न कम्पनीहरुले ग्राहकहरु आकर्षित गर्न अफरहरु चैं ल्याइरहेका छन् । अहिले चारपांग्रे, दुई पांग्रे देखि ठूला सवारी साधन खरिद गर्नेहरुलाई कम्पनीहरुले विशेष प्याकेज नै ल्याइरहेका छन् ।

दशैंको अवसरमा कुन गाडीमा कति छुट

किया

नेपालका लागि कोरियन अटो निर्माता कियाको अधिकृत विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले चाडपर्वको मौका पारेर ‘किया बिगेस्ट सरप्राइज अफ द इयर’ छुट योजना ल्याएको छ । कियाको २ मोडलका गाडी खरिदमा ४ लाख रुपैयाँसम्मको सर्वाधिक डिस्काउन्ट पाउन सक्ने कम्पनीले जनाएको छ । योजना अवधिमा कियाको अल न्यु सेल्टोस र स्पोर्टेज गाडी खरिद गर्ने ग्राहकले उक्त डिस्काउन्ट पाउने छन् ।

कम्पनीले डिस्काउन्टका साथै अतिरिक्त सुविधा पनि दिएको छ । गाडी खरिद गर्ने ग्राहकलाई एक वर्षको निःशुल्क बीमा सुविधा र एक वर्षको सडक कर पनि कम्पनीले नै बेहोर्नेछ । किया नेपालमा पछिल्लो समय रुचाइएको ब्राण्ड हो ।

निसान

निसान गाडीको आधिकारिक वितरक तथा बजार व्यवस्थापक पायोनियर मोटो कर्पले चाड पर्वको अवसरमा ‘निसान धमाकेदार दसैं, तिहार तथा छठ अफर’ योजना ल्याएको छ । सो अफरमा निसानका गाडीहरु शुन्य प्रतिशत डाउन पेमेन्टमा खरिद गर्न सकिने छ । साथै ९ महिना सम्मको इएमआई पनि कम्पनीले नै तिरिदिने अफर छ । लकडाउनका कारण उपभोक्ताहरुको क्रय शक्ति घटेकोले कम्पनीले राहत दिन उक्त अफर ल्याएको हो ।

ग्राहकले सो अफर नलिएमा बढीमा २० लाखसम्मको नगद छुट प्राप्त गर्न सक्नेछन । यसका साथै ३५ हजार ९ सय ९९ रुपैंया बराबरको रेडमी नोट ९ प्रो म्याक्स मोबाइल फोन पनि प्राप्त गर्नेछन् ।

ग्राहकहरूले हरेक निसान गाडीको खरिदमा ५० हजारसम्मको फ्रि एसेसोरिज, एक वर्षको निःशुल्क बीमा, १० बर्षको सम्मको फाइनान्सिङ्ग, बोस्च हाई प्रेसर वासर, तिन वर्षको वारेन्टी, तिन बर्षसम्म फ्रि सर्भिसिङ, लोयल्टी बोनस, चालु आवको सडक कर र स्पट एक्सचेन्जको सुविधा पनि लिन सक्नेछन ।

टाटा

नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक बितरक सिप्रदी ट्रेडीङ्गले बिजया दशमी २०७७ को अवसरमा नयाँ गाडी खरिदकर्ताहरुलाई टाटा प्यासेन्जर अन्तरगत गाडीहरुको खरिदमा ४ लाख रुपैयाँसम्मको आकर्षक नगद छुट, निःशुल्क १ वर्षको सवारी कर, प्रत्येक गाडीको मुल्याङ्कनमा सरप्राइज गिफ्टको अफर ल्याएको छ ।

यसका अलावा प्रत्येक टेस्ट ड्राईभमा आकर्षक उपहार तथा जुनसुकै गाडीको एक्सचेन्जमा ५ हजारसम्मको एक्सचेन्ज बोनस प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

सुजुकी

नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिङको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ । सो योजना अन्तर्गत ग्राहकले ३ लाख ५० हजार रुपैयाँ बराबरको नगद छुट, २ लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस, न्युनतम् २० प्रतिशत डाउनपेमेन्ट, १ वर्षको सवारी बीमा र गाडीका एसोसिरिजहरु निःशुल्क पाउने कम्पनीले जानकारी दिएको छ ।

साथसाथै कुनैपनी व्यक्तिले अरुलाई सुजुकी अल्टो, एस्प्रेसो तथा सुपर क्यारी खरिद गर्न सल्लाह दिई बिक्री कारोबार भएमा आकर्षक नगद पुरस्कार पाउनेछन् ।

आइएमएस मोटर्स

नेपालको लागी स्याङयोङ्ग मोटर्सको आधिकारीक बिक्रेता एवम् आइएमएस ग्रुप अन्तर्गतको आइएमएस मोटर्सले ‘स्याङयोङ्ग सुपर डिस्काउन्ट’ ल्याएको छ । यस अफर अन्तर्गत ग्राहकहरूले कोरियन लक्जरी एसयूभी, एक्सएलभीमा ३ लाख रुपैयाँ छुट प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरुले आफ्ना पुराना सवारी ‘टीभोली’ अथवा ‘एक्सएलभी’सँग एक्सचेन्ज गरे बापत २ लाख रुपैयाँ एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले कोभिड वारियर्सहरु (स्वास्थ्यकर्मी, नर्स र प्रहरीहरु) लाई थप १ लाख रुपैयाँ डिस्काउन्ट दिने बताएको छ । साथै आइएमएस मोटर्स, स्याङयोङ्गले ग्राहकहरुलाई १ वर्ष निःशुल्क बीमा, २५ हजार रुपैयाँ बराबरको निः शुल्क एक्सेसरीज, सात वर्ष सजिलो फाइनान्स सुविधा, तीन बर्ष वारेन्टी र निःशुल्क सर्भिसिङ्ग (४ पटक वा रिफरल ग्राहकहरूको लागि १ वर्षसम्म) को अफर रहेको छ ।

हुन्डाई

हुन्डाई अटोमोबाइल्स नेपालको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘यसपालिको दशै तिहार वेलकम टु हुन्डाई परिवार’ योजना ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकहरुले आकर्षक नगद छुटका साथै स्क्र्याच कार्ड मार्फत थप १ लाखसम्मको नगद छुट पाउन सक्नेछन् । त्यसैगरी बम्पर उपहार अन्तर्गत लक्की–ड्र मार्फत हुन्डाई अउरा १ थान र हुन्डाई ग्राण्ड आई १० नियोस १ थान जित्न सक्नेछन् ।

ग्राहकहरुले १ वर्ष निःशुल्क बीमा पनि पाउनेछन् साथै हुन्डाई गाडीहरु ३ वर्ष वारेन्टी, ४ वर्ष फ्रि सर्भिसिङ्ग, र १ बर्ष निःशुल्क सवारी कर भुक्तानीसहित स्वामित्व हस्तान्तरणका साथ उपलब्ध हुन्छन् ।

प्रतिक्रिया