बिरामीहरु गेटबाट नफर्काउन अस्पतालका निर्देशकहरुलाई स्वास्थ्यमन्त्रीको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले बिरामीहरुलाई गेटबाट नफर्काउन निर्देशन दिएका छन् । देशभरका ठूला अस्पतालका निर्देशकहरूसँग भर्चुअल माध्यमबाट छलफल गर्दै मन्त्री ढकालले सो निर्देशन दिएका हुन् ।

पछिल्लो समय कतिपय अस्पतालहरुले बिरामीलाई गेटबाटै फर्काउने गरेको गुनासो बढिरहेका बेला स्वास्थ्यमन्त्री ढकालले नागरिकको उपचारमा कुनै पनि कसर बाँकी नराख्न समेत निर्देशन दिए ।

साथै उनले चिकित्सक तथा स्वास्थ्यकर्मीहरूकाे समस्या तथा मन्त्रालयसँगकाे अपेक्षाबारे पनि जानकारी लिए । चाडबाडको बेला हुने भीडभाडले कोरोना संक्रमणको जोखिम अझै बढ्ने सम्भावना औल्याउँदै मन्त्री ढकालले उच्च मनोबलका साथ काम समेत भने । स्वास्थ्यकर्मीहरुको मनोबल उकास्न सरकारले कुनै कसर नराख्ने उनकाे भनाइ छ ।

प्रतिक्रिया