नेकपा सचिवालय बैठक आज, यी हुन् एजेण्डा

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्दैछ । बैठक अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बस्ने तय भएको हो ।

अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सोमबार भएको छलफलपछि आजको बैठक तय गरिएको हो । बैठकमा एकता प्रक्रियाका बाँकी काम, मन्त्रिमण्डल पुनर्गठन र सरकारले गरेको पछिल्लो राजनीतिक नियुक्तिका विषयमा छलफल हुने जनाइएको छ । मुख्यसचिव नियुक्ति र विभिन्न ३ देशमा राजदूत सिफारिस गरेपछि नेकपाभित्र असन्तुष्टि देखिएको छ ।

यसअघि सचिवालय बैठक शनिवार नै बोलाइएको भएपनि आवश्यक तयारी नपुगेको भन्दै आइतबारका लागि सारिएको थियो । तर, यहिबीचमा प्रधानमन्त्रीका ४ जना सल्लाहकारसहित सुरक्षा दलका सदस्यहरुमा कोरोना संक्रमण देखिएपछि आइतबार बोलाइएको बैठकपनि स्थगित भएको थियो ।

प्रतिक्रिया