बैंगलोरलाई हराउँदै दिल्ली आइपिएलको शीर्ष स्थानमा

काठमाडौं । दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आइपिएल)को शीर्ष स्थानमा उक्लिएको छ । दुबईमा गएराति रोयल च्यालेन्जर्स बैंगलोरलाई ५९ रनले पराजित गर्दै नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध दिल्ली शीर्ष स्थानमा उक्लिएको हो ।

जितका लागि १ सय ९७ रनको विजयी लक्ष्य पछ्याएको बेंगलोर २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३७ रन मात्र बनायो । बैंगलोरका लागि कप्तान विराट कोहलीले सर्बाधिक ४३ रन बनाएका थिए भने वाशिंगटन सुन्दरले १७, एरोन फिन्चले १३, मोइन अली र शिभम दुबेले ११/११ रन बनएका थिए ।

त्यस्तै देवदत्त पाडीक्कलले ४, एबी डिभिलीयर्सले ९ रनर नवदीप सैनीले १० रन बनाएका थिए । दिल्लीका बलर कागीसो रबाडाले सर्वाधिक ४ विकेट लिएका थिए भने एनरीच नोर्त्जे र अक्सर पटेलले २/२ विकेट लिएका थिए । त्यस्तै आर आश्विनले एक विकेट लिएका थिए ।यस अघि टस हारेर पहिला ब्याटिंग गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाउदै १९६ रन बनाएको थियो । दिल्लीका लागि मार्कोस स्टोइनिसले सर्बाधिक ५३ रन बनाएका थिए भने पृथ्वी शाले ४२, रिषव पन्तले ३७, श्रेयस अय्यर र शिमरन हेटमेयरले ११/११ रन बनाए । बैंगलोरका बलर मोहमद सिराजले २ विकेट लिए भने इसुरु उदाना र मोइन अलीले एक/एक विकेट लिए ।

जितसँगै शीर्ष स्थानमा उक्लिएको दिल्लीले चौंथो जित निकालेको छ । दिल्लीले ५ खेलमा ८ अंक जोडेको छ । तेस्रो स्थानको बैंगलोरको यो दोस्रो हार हो । बैंगलोरले ५ खेलमा ६ अंक जोडेको छ । आइपिएल अन्तर्गत आज मुम्बई इण्डियन्स र राजस्थान रोयल्सबीच खेल हुनेछ ।

प्रतिक्रिया