बहुप्रतिक्षीत गीत ‘एक्लो सिमल’ बजारमा (भिडियोसहित)

काठमाडौं ।पछिल्लो समयकी लोकप्रिय गायिका सुनिता बुढा क्षेत्रीको कर्णप्रिय स्वरमा सजिएको बहु प्रतिक्षीत गीत ‘एक्लो सिमल’ भर्खरै मात्र बजारमा आएको छ ।

सर्जक तथा सङ्गीतकार वसन्त थापाको सङ्गीत, नवराज पन्तको शब्द र तारानाथ आचार्यको एरेञ्ज रहेको सो गीतमा सुस्मीता भण्डारी र समीर मल्लले अभिनय गरेका छन् । गीतकाे अडियाे तथा भिडियाे निकै नै उत्कृष्ट बनेकाे छ । 
विनोद खड्काको छायाङ्कन र अमृत चापागाईँको सम्पादन रहेको उक्त गीतमा सङ्गीतकार वसन्त थापाकै निर्देशन रहेको छ । गीतलाई वसन्त थापाको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

भिडियो यहाँ हेर्नुहोस

प्रतिक्रिया