घरेलु मैदानमा टोटनह्यामसँग ६१ ले हार्‍यो म्यानचेस्टर युनाइटेड

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले लज्जास्पद हार व्यहोरेको छ । गएराति १० खेलाडीमा सिमित युनाइटेडले टोटेनहमसँग ६-१ गोलको लज्जास्पद हार व्यहोरेको हो ।

घरेलु मैदानमा एक गोलको अग्रता जोगाउन नसक्दा युनाइटेडले फराकिलो हार व्यहोरेको हो । टोटनह्यामको जितमा सन हेंग मिन र ह्यारी केनले २-२ गोल गरेका थिए भने टांगुय एनडोमबेले र सेर्गी अयूरिएरले एक एक गोल गरेका थिए । म्यानचेस्टर युनाइटेडका लागि ब्रुनो फर्नान्डेजले एक गोल गरेका थिए ।

यस जितपछि टोटेनहम ४ खेलमा ७ अंक जोड्दै अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । युनाइटेड भने ३ खेलमा ३ अंकसहित १६ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया