भारतबाट ल्याउँदै गरेकाे अवैध १ हजार २ सय किलो सुर्तीसहित २ जना पक्राउ

सुनसरी । ईटहरी उपमहानगरपालिका-५ हलगडास्थित जनताबस्ती जाने बाटोबाट भारतबाट अवैध रुपमा लुकाई छिपाई ल्याउँदै गरेको खुल्ला सुर्ति १ हजार २ सय किलो सहित २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा दोलखा मेलुङ गाउँपालिका-१ बस्ने ३६ वर्षीय ज्ञानु कार्की, सुनसरी भोक्राहा-९ बस्ने २२ वर्षीय पर्बत पोदार रहेका छन् । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले बा२ ख २७४१ नम्बरको ट्रक जाँच गर्ने क्रममा भारतबाट लुकाई छिपाइ ल्याउँदै गरेको उक्त सुर्तीसहित फेला पारी ट्रक चालक कार्की र सुर्ती धनी पोदारलाई पक्राउ गरेको हो ।

साथै को५ प ४३९८ नम्बर र को१४ प ७०२३ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । उनीहरुलाई आवश्यक कारवाहीका लागि सुनसरी भन्सार कार्यालय सेतुवन्ध कोशी व्यारेजमा पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया