मुन्द्रेको कमेडी क्लबको दोश्रो सिजन : दीपाको ठाउँमा करिश्मा

काठमाडौं । नेपालको चर्चित टेलीभिजन कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’ छोटो समयमा नै दर्शकहरुको धेरै माया पाउन सफल कार्यक्रम हो ।

उक्त सो टेलीभिजनमा भन्दा पनि बढी यूट्युबमा रूचाइएको थियो । यो शो पछिल्लो समय नेपाली चलचित्र र गीत संगीतको प्रचारप्रसारको लागि राम्रो प्लेटफर्म बनेको थियो । हाँस्यकलाकार जीतु नेपालद्वारा सञ्चालित उक्त शो कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्येनजर गरेर सरकारले गरेको बन्दाबन्दीका कारण बन्द गरिएको थियो । बन्दाबन्दी खुलेसँगै पुनः सञ्चालन हुन लागेको दोश्रो सिजनको अध्यक्षता अब करिश्मा मानन्धरले गर्ने भएकी हुन् ।

पहिलो सिजनमा कमेडी क्लबको अध्यक्षमा कलाकार तथा निर्देशक दीपाश्री निरौला थिइन् ।

प्रतिक्रिया