नेकपा सचिवालय बैठक आजपनि स्थगित

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (ने क पा) काे आज बस्ने भनिएको बैठक पनि स्थगित भएको छ ।

हिजाे बैठक स्थगति गर्दै आइतबारलाई डाकिएकाे बैठक आज पनि बस्न नसकेकाे हाे । अपराह्न चार बजेका लागि डाकिएकाे बैठक स्थगित भएकाे एक सचिवालय सदस्यले जानकारी दिए ।

शनिबार पनि  सचिवालय बैठकका एजेण्डाको विषयमा थप गृहकार्य गर्नुपर्ने भएपछि अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डको सल्लाहमा बैठक सरेकाे थियाे । हिजाे नै प्रधानमन्त्री ओलीकाे सचिवालयका चारजना सल्लाहकार तथा ६५ सुरक्षाकर्मीमा काेराेना संक्रमण देखिएपछि बैठक अनिश्चितकालसम्म स्थगित गरिएको बताइएको छ ।

प्रतिक्रिया