लायन्स र लियो क्लबद्वारा हात धुने धारा जडान

चितवन । लायन्स क्लब अफ चितवन इस्ट र लियो क्लब अफ चितवन इस्टले खैरहनीको तीन ठाउँमा हात धुने धारा जडान गरेको छ । खैरहनी नगरपालिका कार्यालय सहित खैरहनी प्राथमिक स्वास्थ्य केन्द्र र चैनपुर स्वास्थ्य चौकीमा ती दुई संस्थाले कोरोना नियन्त्रणका लागि हात धुने धारा जडान गरेका हुन् ।
नगरपालिकामा जडान गरिएको धारा नगर प्रमुख लालमणी चौधरीलाई लायन्स क्लब अफ चितवन इस्टका अध्यक्ष भिम बहादुर पाण्डेले हस्तान्तरण गरे । सो अवसरमा नगर प्रमुख चौधरीले सबैको सहकार्य र सजगताले कोरोना नियन्त्रण प्रभावकारी हुने बताए । तीन ठाउँमा ट्यांकी सहित धारा जडानका लागि करिब एक लाख रुपैयाँ खर्च भएको लियो क्लब अफ चितवन इस्टका अध्यक्ष सागर अधिकारीले जानकारी दिए ।
बढ्दाे कोरोना भाइरस संक्रमणको जोखिम कम गर्नका लागि मानिसको चहलपहल बढी हुने ठाउँ रोजेर धारा जडान गरिएको लियो क्लबका अध्यक्ष अधिकारीले बताए । धारा हस्तान्तरण कार्यक्रममा खैरहनी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत पुरुषाेम शर्मा, लायन्स क्लबका भाइस डिस्ट्रिक गभर्नर राम प्रसाद भट्ट, जोन चियर पर्सन किरण बुर्लाकोटी, नगरपालिका स्वास्थ्य शाखा प्रमुख अनुप अधिकारी लगायतको उपस्थिति रहेको थियो ।








