डा. केसीलाई भेटेर पूर्व राष्ट्रपति यादवले भने- ‘सरकारले उहाँकाे माग सम्बोधन गर्नुपर्छ’
२०७७ असोज १६ गते

काठमाडौँ । पूर्वराष्ट्रपति डाक्टर रामवरण यादवले अनशनरत डाक्टर गोविन्द केसीलाई अस्पताल पुगेर भेटेका छन् ।
डा. केसीले अनशन बसेकाे आज (शुक्रबार) १९ दिन पुगेकाे छ । उनी महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा छन् । त्यहीँ पुगेर पूर्वराष्ट्रपति यादवले डा. केसीलाई भेटेर उनकाे स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।
डा. केसीकाे अनशनमा ऐक्यबद्धता जनाउँदै डा. केसीले भने, ‘डाक्टर केसीले जनताको माग उठाउनु भएको छ । सरकारले उहाँकाे माग सम्बाेधन गर्नुपर्छ । उहाँजस्तो कमजोर मानिसलाई अनशनमा धेरै दिन राख्नु खतरा हुन्छ ।’
यसअघि बिहीबार पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि डा. केसीलाई भेट्न अस्पताल पुगेका थिए ।
२०७७ असोज १६ गते
प्रतिक्रिया
सम्बन्धित








