प्रदेश नं. ५ सरकारको निर्णय : ‘दाङको भालुवाङलाई स्थायी राजधानी’

काठमाडौं । प्रदेश नं. ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय गरेको छ ।

सत्तारुढ नेकपाको शीर्ष तहमा सहमति भएलगत्तै प्रदेश सरकारको मन्त्रिपरिषद्ले दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय गरेको हो ।

त्यसअनुसार प्रदेश सभामा प्रस्ताव दर्ता हुने बताइएको छ ।

प्रतिक्रिया