दक्षिण अफ्रिकाको राजदूतमा निर्मलकुमार विश्वकर्मा सिफारिस

काठमाडौं । सरकारले डाक्टर निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाको राजदूतमा सिफारिस गरेको छ। कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ का विश्वकर्मालाई बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राजदूत सिफारिस गरेको हो ।

बिहीबार मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै परराष्ट्र मन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले डा. विश्वकर्मालाई राजदूतमा सिफारस गरिएको जानकारी दिएका हुन् ।

विश्वकर्माले काठमाडौं विश्वविद्यालयबाट स्विट्जरल्याण्डको ज्युरिच विश्वविद्यालयबाट फुड मुभमेन्टमा पिएचडी गरेका छन्।

५० वर्षीय विश्वकर्मा दलित समुदायबाट राजदूत बन्ने तेस्रो व्यक्ति हुन् ।

उनी तत्कालीन नेकपा एमालेको विदेश विभागमा १० वर्ष सदस्य थिए। २०४२–०४३ सालतिर विद्यार्थी राजनीति सुरू गरेका उनी २०५१ सालमा पोखरास्थित केन्द्रीय वन क्याम्पसमा स्ववियु सचिव बनेका थिए।

आजैको मन्त्रिपरिषद्ले पूर्वअर्थमन्त्री युवराज खतिवडालाई अमेरिका र लोकदर्शन रेग्मीलाई बेलायतका लागि राजदूत सिफारिस गरेको छ।

प्रतिक्रिया