दशैंका लागि अग्रिम बस टिकट कहिले खुल्छ, बढाएको ५० प्रतिशत भाडादर घट्ला ?

काठमाडौं । कोरोनाले सबैलाई समस्या पारेको छ । सरकारले ७ महिना लामो लकडाउन, सटडाउन र निषेधाज्ञा खोलेपछि काठमाडौं आउनेहरुको संख्या वृद्धि हुँदै गइरहेको छ ।

७ महिनादेखि रोजगारी गुमाएर गाउँमा गएर बसेकाहरु पनि दशैंका लागि केही रकमको जोहो गर्न सकिन्छ कि भनेर काठमाडौं आएर काम गर्न थालेका छन् ।

अहिले सर्वाजनिक यातायातमा ५० प्रतिशत भाडा वृद्धि गरेर गाडीको सिट क्षमताभन्दा ५० प्रतिशत यात्रु बोक्ने निर्णय सरकारले गरेसँगै देशैभरका लामो तथा छोटो दूरीको यातायात असोज १ गतेबाट सञ्चालन भएका छन् । तर गाडीमा यात्रु पनि धेरै हालेर ५० प्रतिशत भाडा उठाइरहेको छन् ।

सरकारले हवाइ क्षेत्र भने सिट क्षमता बराबर यात्रु बोक्न अनुमति दिएको र पुरानै भाडा दर कायम भएको छ ।

अघिल्लो वर्ष असोज २१ गते दशैंको टीका थियो । सरकारले असोज ५ गतेदेखि अग्रिम टिकट खुल्ला गरेको थियो ।
यस वर्षको दशैंका लागि कहिलेबाट अग्रिम बस टिकट खुला गर्ने भनेर भोलि यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच छलफल हुने भएको छ ।

यातायात व्यवस्था विभागका सूचना अधिकारी डा. लोकनाथ भुसालले भोलि (शुक्रबार) यातायात व्यवस्था विभाग, यातायात व्यवसायीलगायकासँग छलफल हुने बताए ।

उनले भने ‘शुक्रबारको छलफलपछि दशैंका लागि अग्रिम टिकट कहिलेदेखि खुल्ने भन्ने विषयमा मिति तय हुने छ ।,’

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले सरकारसँग दशैंका लागि पूर्ण क्षमातामा सब सञ्चालन गर्न माग गरेको बताए ।

‘हामीले मात्रै पूर्ण क्षमतामा सब सञ्चालन गरौं भनेर हुँदैन, हामीले अहिले पूर्ण क्षमतामा सब सञ्चालन गर भने सरकारलाई भनिरहेका छौं, सरकारले जे निर्णय गर्छ हामीले त्यही मान्ने हो,’ कर्माचार्यले भने ।

सरकारले पूर्ण क्षमातामा सब सञ्चालन गर्न अनुमति दिए पुरानै भाडामा यात्रु दशैं मनाउन गाउँ जान पाउने छन् । अघिल्लो वर्षको दशैंका २० लाख मान्छे दशैं मनाउन गाउँ गएका थिए । यस वर्ष मान्छेको चाप पनि कम हुने कर्माचार्यले बताए ।

यस वर्ष दशैंको टीका आउन २५ दिन बाँकी रहेको छ । सरकारले सिट क्षमताभन्दा आधा मात्रै यात्रु बोक्ने निर्णय गरेरमा गाउँ जादा यातायातको समस्या पनि हुन सक्ने छ ।

प्रतिक्रिया