निशाश मोटर्सले ल्यायो एभेन्जर १६० स्ट्रिट एबिएस माेटरसाइकल (विशेषतासहित)

चितवन । बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता रत्ननगरस्थित निशाश मोटर्सले नयाँ एभेन्जर मोटरसाइकल बजारमा ल्याएको छ । एभेन्जर १६० स्ट्रिट एबिएस मोटरसाइकल बिहीबार सार्वजनिक गरेसँगै बिक्री सुरु गरेको हो ।

सो मोटरसाइकलको निशाश मोटर्सका प्रबन्ध निर्देशक सञ्जीव थापाले अनावरण गरे । यसअघि एभेन्जर १८० सिसिको मोटरसाइकल बजारमा आइसकेको छ । विभिन्न आकर्षक रंगहरुमा उपलब्ध हुने १६० स्ट्रिट एबिएसको मुल्य ३ लाख १९ हजार ९०० रुपैयाँ रहेको निशाश मोटर्सका सेल्स म्यानेजर रेजिन रिमालले जानकारी दिए ।

१६० स्ट्रिट एबिएसका यस्ता छन् विशेषताहरु :   
– १६० सिसि डिटिएस आइ इन्जिन
– डिजिटल मेसिन
– एबिएस ब्रेकिङग
– हाइड्रोलिक सन्स्पेन्सन
– डिसि इग्निशन तथा लाइटिङ
– वाइड ट्युबलेस टायरहरु
– टेलिस्कोप फ्रन्टफोर्क

यसैबीच निशाश मोटर्सले दशैं स्किम समेत सुरु गरेको छ । मोटर्सका प्रबन्ध निर्देशक सञ्जिव थापाका अनुसार यो स्किममा नगद १० हजार छुट, ५० प्रतिशत डाउन्ड पेमेन्टमा शुन्य ब्याजदर र २० प्रतिशत डाउन्डपेमेन्टमा बजाज मोटरसाइकल चढ्न पाइने छ ।

प्रतिक्रिया