सनराइजर्स हैदरावादको पहिलो जित, हार्‍यो दिल्ली

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा सनराइजर्स हैदराबादले पहिलो जित निकालेको छ । अबुधाबीमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गर्दै हैदराबादले पहिलो जित निकालेको हो ।

हैदरावादले दिएको १६३ रनको लक्ष्य पछाएको दिल्लीले २० ओभरमा ७ विकेट गुमाउदै १४७ रन मात्र बनाएपछि हैदरावाद १५ रनले विजयी भएको हो । यसअघि टस हारे पहिला ब्याटिंग गरेको हैदरावादले २० ओभरमा ४ विकेट गुमाएर १६२ रन बनाएका थिए ।

योसँगै सनराइजर्स हैदरावादले यस सिजनको आइपिएलमा तेस्रो खेलमा पहिलो जित हासिल गरेको छ भने यस अघि दुई खेल जितेको दिल्लीले पहिलो हार बेहोरेको छ । आज राजस्थान रोयल्स र कोलकोता नाइटराइडर्सबीच खेल हुनेछ ।

प्रतिक्रिया