पानी पर्छ कि पर्दैन ? यस्तो छ तीन दिनको पूर्वानुमान

काठमाडौं । मनसुनी प्रणाली कमजोर हुँदै गएकाले देशभरका मौसममा सुधार आएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल वंगालको खाडीमा न्युन चापीय क्षेत्र रहेको छ ।

  • यस्तो छ तीन दिनको पूर्वानुमान

असोज १४ गते (बुधबार)
दिउँसो : प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ मा सामान्य बदली रही उक्त प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रही एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती : प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।

असोज १५ गते (बिहिबार)
दिउँसो : प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रहने सम्भावना रहेको छ ।

राती : देशभर आंशिक देखि सामान्य बदली रही पहाडी क्षेत्रका एक दुइ स्थानहरूमा हल्का बर्षाको सम्भावना रहेको छ ।

असोज १६ गते (शुक्रबार)
दिउँसो : प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ मा सामान्य बदली रही उक्त प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रहने सम्भावना रहेको छ ।

राती : प्रदेश नं १, प्रदेश नं २,बागमती प्रदेशमा सामान्य बदली रही उक्त प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रही गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया