सुशान्त आत्महत्या प्रकरण : दीपिकासहित चार नायिकाकाे बैंक खाता छानबिन हुने

एजेन्सी । बलिउड अभिनेता सुशान्त सिंह राजपूत आत्महत्या प्रकरणमा नारकोटिक्स कन्ट्रोल ब्युरोले गत शनिबार ड्रग्सको मुद्दामा दीपिका पादुकोण, सारा अली खान र श्रद्धा कपूरलाई सोधपुछ गर्‍याे ।

साेधपुछका क्रममा उनीहरूको मोबाइल फोन पनि कब्जा गरिएको थियो । तर, सारा र श्रद्धाको एनसीबीले पेपरमा हस्ताक्षर लिन बिर्सिए । पछि, एजेन्सी दुबै अभिनेत्रीको घर गए र हस्ताक्षर लिए । यद्यपि सारा त्यस समय घरमा फेला परिनन् । त्यसैले एनसीबीले उनकाे टोलीबाट एक सदस्यको हस्ताक्षर लियो ।

अब फेरि नारकोटिक्स कन्ट्रोल ब्यूरोले दीपिका, सारा, श्रद्धा र रकुलकाे बैंक खाताबाट भएको लेनदेनको समेत छानबिन गर्ने भएको छ । उनीहरूले औषधि किन्नका लागि लेनदेन गरेका छन् वा छैनन्, भन्ने कुराको छानबिन हुने भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।

पछिल्लो ३ बर्षमा अभिनेत्रीहरूले क्रेडिट कार्डबाट लिएको भुक्तानीको अनुसन्धान पनि गरिएको छ ।

अभिनेत्रीहरूले स्विकारे ड्रग्स च्याट

शनिबार एनसीबीबाट साढे पाँच घण्टाको अनुसन्धानमा दीपिका पादुकोणले उनीसँग उनको प्रबन्धक करिश्मा प्रकाशसँग गरेको ड्रग्स च्याटको स्विकार गरेकी छिन् । यद्यपि उनले आफैँले ड्रग्स सेवन गरेको अस्वीकार गरिन् ।

त्यस्तै, सारा र श्रद्धाले ६ घण्टासम्म चलेको अनुसन्धानमा उनीहरूले सुशान्तलाई फिल्मको सेटमा ड्रग्स खाएको  देखेकाे समेत बताएका थिए । यद्यपि, उनीहरूले पनि आफैँले ड्रग्स सेवन गरेकाे भने अस्विकार गरे ।

रकुल प्रीतसिंहलाई शुक्रबार सोधपुछ गरिएको थियो । उनले रियासँग ड्रग्स च्याट गरेको कुरामा सहमती जनाएकी थिइन् । रिया अहिले प्रहरी नियन्त्रणमा नै छिन् ।

प्रतिक्रिया