सरकारसँग समाजवादी विद्यार्थी युनियनको माग- डा. गोविन्द केसीको जीवनरक्षा गर

काठमाडौं । समाजवादी विद्यार्थी युनियनले डा. गोविन्द केसीको मागप्रति एक्येबद्धता जनाउँदै उनकाे जीवनरक्षा गर्न सरकारसँग माग गरेकाे छ । संगठनका अध्यक्ष रुपनारायण श्रेष्ठले मंगलबार एक प्रेस विज्ञप्ति जारी गरी डा. केसीकाे स्वास्थ्य अवस्था कमजोर बन्दै गएकाे उल्लेख गर्दै उनकाे जीवनरक्षाकाे माग गरेका हुन् ।

विज्ञप्तिमा भनिएकाे छ, ‘डा. गाेविन्द केसी चिकित्सा शिक्षा क्षेत्रकाे एक असल, सादगी जीवनशैलीसहित जनसमुदायको सेवामा समर्पित व्यक्तित्व हो । उहाँले हरेक दलको सरकारसँग निरपेक्ष ढंगले निरन्तर संघर्ष गरिरहनु भएको छ। उहाँमा दलगत स्वार्थ कहिँकतै देखिँदैन । हाल डा केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको चिकित्सकहरुले बताउनुभएको छ। उहाँको मागहरु तत्काल सम्बोधन गर्दै जीवनरक्षा गर्न समाजवादी विद्यार्थी युनियन सरकारसँग जोडदार माग गर्दछ ।’

यस्तै समाजवादी विद्यार्थी युनियनले डा. केसीको जीवनमा लाखौं जनसमुदायको आशा र भरोसा अडिएको बताउँदै उनकाे जीवनमाथि राजनीतिक अभिष्ट राख्दै खेलवाड नगर्न पनि सरकारसँग आग्रह गरेका छन् ।

प्रतिक्रिया