बलात्कारका घटनामा मिलापत्र गराउनेलाई कडा कारबाही गर्नु : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बलात्कारका घटनामा मेलमिलाप गराउनेलाई कडा कारबाही गर्न निर्देशन दिएका छन् । बलात्कारका घटनामा पञ्चायती बस्ने कार्यमा संलग्नहरुलाई पनि मतियारको रुपमा पक्राउ गरी कारबाही गर्न मन्त्री थापाले सुरक्षा निकायलाई निर्देशन दिएका हुन् ।

सोमबार बलात्कारका घटनामा संलग्नलाई कारबाहीको माग गर्दै गृहमन्त्रालयमा ज्ञापनपत्र बुझाउन आएको अखिल नेपाल महिला संघ (अनेमसंघ)का प्रतिनिधिमण्डल र बझाङ जिल्लाका जनप्रतिनिधिमण्डलसँगको संयुक्त भेटमा उनले बलात्कारजस्तो जघन्य अपराधमा मिलापत्र गराउनु ठूलो अपराध भएको बताए ।

विद्यमान कानुनले यस्तो आपराधिक घटनामा मिलापत्र गराउनेलाई कारबाहीको सुनिश्चितता गरेको पनि बताएका छन् । आवश्यक परेमा कडा कानुनको प्रावधानकासाथ थप संशोधन गरिनेसमेत गृहमन्त्री थापाले जानकारी दिए ।

प्रतिक्रिया