ट्रकको ठक्करबाट ट्याक्टर चालकको मृत्यु

मकवानपुर । हेटौंडा उपमहानगरपालिका-१५ चुरियामाईमा सवारी दुर्घटना हुँदा चालककाे मृत्यु भएकाे छ ।

ना५ ख ४१६४ नम्बरको ट्रकले ना३ त ६९३१ नम्बरको ट्याक्टरलाई सोमबार बिहान ठक्कर दिँदा ट्याक्टर चालक बारा परवानीपुर गाउँपालिका-१ बस्ने २२ वर्षीय लालबाबु यादवको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

ट्रक र चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया