उपत्यकामा थपिए ८१७ संक्रमित, काठमाडाैंमा अत्यधिक

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८१७ कोरोना भाइरस (कोभिड १९) संक्रमित थपिएका छन् ।

काठमाडौंका ६४९, भक्तपुरका ३६ र ललितपुरका १३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै उपत्यकामा कुल संक्रमित संख्या २१ हजार ५०७ पुगेको छ । जसमध्ये काठमाडौंका १७ हजार ४८३, ललितपुरका दुई हजार ९९ र भक्तपुरका एक हजार ९२५ रहेका छन् ।

साेमबार देशभर थप एक हजार ३५१ संक्रमित थपिएका छन् ।

प्रतिक्रिया