गायिका लता मंगेशकरले मनाइन् आफ्नो ९०औं जन्मोत्सव

एजेन्सी । सुप्रसिद्ध भारतीय गायिका लता मंगेशकर आज ९० वर्ष  पुगेकी छिन् । १९२९ सेप्टेम्बर २८ मा इन्डोरे भारतमा जन्मिएकी उनी भारत रत्न, दादा साहब फाल्केजस्ता सम्मानबाट सम्मानित भइसकेकी छिन् ।

उनले आफ्नो जीवनकालमा ३६० भाषाका ५० हजारभन्दा बढी गीतमा स्वर दिइसकेकी छिन् । शुरूमा गीत गाउँदा बुवासँग निकै लजाउने लता सबैभन्दा बढी गीत गाउने गायिकाको रूपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भइन् । उनले १९७४ देखि १९९१ सम्म हरेक वर्ष आफ्नै रेकर्ड तोड्दै गएकी थिइन् ।

लताको सफलताको श्रेय उनका बुवा दिननाथलाई जान्छ । बुवाले नै उनलाई संगीत सिकाएका थिए । तर, बुवालाई लामो समयसम्म छोरी गाउँन सक्छिन्, भन्ने जानकारी नै थिएन्। उनी रसोईमा आमासँग काम गर्थिन्। केही महिला भेला भएको बेला गीत गाएर सुनाउँथिन्। तर, आमा भने लताको गीत सुन्न जम्मा भएका महिलाहरू भगाउँथिन् ।

प्रतिक्रिया