यी स्यानिटाइजरमा भेटियो विषाक्त रसायन, प्रयोग नगर्न आग्रह [सूचनासहित]
![यी स्यानिटाइजरमा भेटियो विषाक्त रसायन, प्रयोग नगर्न आग्रह [सूचनासहित]](https://www.makalukhabar.com/wp-content/uploads/2020/09/Snitaiza.jpg)
काठमाडौं । औषधि व्यवस्था विभागले थप ९ प्रकारका ह्याण्ड स्यानिटाइजरमा प्रतिबन्ध लगाएको छ । विषाक्त रसायन मिसाएको पाइएपछि ती ह्याण्ड स्यानिटाइजरमा प्रतिबन्ध लगाएको हो ।
उक्त प्रकारका स्यानिटाइजर उत्पादन तथा बिक्री वितरणमा रोक्न सम्बन्धित कम्पनीलाई निर्देशन समेत दिइएको छ । विभागले एक सूचना जारी गर्दै बजारमा रहेका ह्याण्ड स्यानिटाइजरहरुको नमुना संकलन गरी परिक्षण गर्दा तोकेको मापदण्ड अनुसार नभई मानव स्वास्थ्यलाई गम्भीर असर पार्ने रसायन मिसाएको पाइएकाले प्रयोग नगर्न तथा नगराउन विभागले अनुरोध गरेको हो ।
ओम आरोग्य हेल्थ केयर प्राइभेट लिमिटेड इमाडोल ललितपुर, कुमकुम हर्बल इन्ड्रस्टिज प्राइभेट लिमिटेड बनेपा काभ्रे, साधना सप्लायर्स काठमाण्डौ, कालिका सप एण्ड केमिकल प्राइभेट लिमिटेड काठमाण्डौ लगायतले उत्पादन गरेका ९ प्रकारका ह्यान्ड स्यानिटाइजर प्रयोग नगर्न विभागले आग्रह गरेको छ ।
हेर्नुहोस् सूचना:-










