एथ्लेटिकोमा लुइस सुवारेजको शानदार डेब्यू, पहिलो खेलमै दुई गोल

काठमाडौं । बार्सिलोनाबाट अपमानजनक बर्हिगमनमा परेका स्ट्राइकर लुइस सुवारेजले एथ्लेटिको मड्रिडको डेब्यू खेलमा प्रभावशाली प्रदर्शन गरेका छन् । स्पेनिस ला लिगाको नयाँ सिजनको लुइस सुवारेज र एथ्लेटिको मड्रिडकै पहिलो खेलमा २० मिनेटमा २ गोल गर्दै स्वारेजले शानदार खेल देखाए ।

बार्सिलोनाका नयाँ प्रशिक्षक रोनाल्ड कोयमेनको नजरमा पर्न नसकेपछि बार्सिलोनाको विदाईको भोली पल्टै एथ्लेटिको मड्रिड आएका सुवारेजले ग्रानाडासँगको पहिलो खेलमा ७० मिनेटमा मैदानमा प्रवेश गरेका थिए ।

खेलमा उनले ८५ र ९३ मिनेटमा गोल गर्दा ७२ औं मिनेटमा लेैरेन्टेलाई आकर्षक असिस्ट गरेका थिए ।

ग्रानाडासँगको खेलमा एथ्लेटिको मड्रिडले खेलको ९ औं मिनेटमा डिएगो कोस्टाको हेडर गोलबाट अग्रता लिएको थियो । खेलको १५ औं मिनेटमा एथ्लेटिकोले पेनाल्टी पाएपनि सदुपयोग गर्न सकेन । साउल निगुएजको पेनाल्टी प्रहार ग्रानाडाका गोलकिपर रुइ सिल्भाले रोकेका थिए । पहिलो हाफमा १–० गोलले अग्रता बनाएको दोस्रो हाफमा ५ गोल गरेको छ ।

खेलको ४७ औं मिनेटमा एन्जल कोर्डियाले गोल गर्दा तेस्रो गोल ६५औं मिनेटमा फेलिक्सले गरे । उनले कोर्डियाको पासमा गोल गरे । त्यसपछि डिएगो कोस्टाको स्थानमा ७० औं मिनेटमा मैदान प्रदेश गरेका लुइस सुवारेजले २ मिनेटमै गोलको लागि असिस्ट गरे । उनको पासमा लोरेन्टेले गोल गर्दै टीमलाई ४–० को स्कोरमा पुर्याए ।

त्यसपछि खेलको ८५ औं मिनेटमा एथ्लेटिकोका लागि डेब्यू गोल गरे भने, अन्तिम गोल इन्जुरी समयको दोस्रो मिनेटमा गरे र एथ्लेटिकोले खेल ६–१ स्कोरले जितेको छ । यस अघि ८७ औं मिनेटमा ग्रानाडाका लागि मोलिनाका लागि सान्त्वना गोल गरेका थिए ।

 

प्रतिक्रिया