बझाङकि सम्झनाकाे जबरजस्ती करणी पश्चात् हत्या अभियाेगमा बाेहरा पक्राउ
२०७७ असोज ११ गते

बझाङ । १२ वर्षीया बालिका सम्झना कामीलाई जबरजस्ती करणी गरी हत्या गरेको अभियोगमा मष्टा गाउँपालिका-२ खिकाला बस्ने २० वर्षीय राजेन्द्र बोहरालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
गत बुधबार बेलुका बोहराले गोरू पुर्याउन भनी आफ्नो घरबाट छाना (गोठ) मा गएकी ती बालिकालाई मष्टा गाउँपालिका-२ स्थित शिवमाण्डौ मन्दिरभित्र बलात्कार गरी हत्या गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उक्त घटनामा संलग्न बोहरालाई आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत बझाङबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
२०७७ असोज ११ गते
प्रतिक्रिया
सम्बन्धित








