कोरोना संक्रमणबाट थप १० जनाले ज्यान गुमाए : स्वास्थ्य मन्त्रालय

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप १० जनाको ज्यान गएको छ ।

पछिल्लो २४ घण्टामा थप १० जनाको ज्यान गएको स्वास्थ्य मनत्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पुष्टि गरे ।

मन्त्रालयका अनुसार कोरोनाबाट नेपालमा ज्यान गुमाउनेको संख्या ४ सय ७७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घन्टामा थपिएका १ हजार ५ सय ७३ जनासहित देशभर कोरोना संक्रमितको संख्या ७३ हजार ३ सय ९४ जना पुगेको छ ।

यस्तै डिस्चार्ज हुनेको संख्या ८ सय ८५ छ । संक्रमितमध्ये ५३ हजार ८ सय ९८ जना निको भएर घर फर्किएका छन् भने ४ सय ७७ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।

प्रतिक्रिया