१,५७३ जना थपिए नयाँ संक्रमित, डिस्चार्ज हुनेको संख्या कति ?

काठमाडौं । गत २४ घन्टामा विभिन्न जिल्लामा १ हजार ५ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएका जानकारीअनुसार पछिल्लो २४ घन्टामा थपिएका १ हजार ५ सय ७३ जनासहित देशभर कोरोना संक्रमितको संख्या ७३ हजार ३ सय ९४ जना पुगेको छ ।

यस्तै डिस्चार्ज हुनेको संख्या ८ सय ८५ छ । संक्रमितमध्ये ५३ हजार ८ सय ९८ जना निको भएर घर फर्किएका छन् भने ४ सय ७७ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।

प्रतिक्रिया