कांग्रेस सांसद श्रेष्ठलाई काेराेना संक्रमण पुष्टि

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठलाई काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ । उनले शनिबार स्वाब परीक्षण गराएका थिए । आइतबार रिपाेर्ट पाेजेटिभ आएकाे हाे ।

उनले सामाजिक सञ्जाल फेसबुकमा संक्रमणबारे जानकारी दिँदै लेखेका छन्- ‘शनिबार गरिएको परीक्षणको आज प्राप्त रिपोर्टमा मलाई कोरोना संक्रमण पुष्टि भएको छ । अहिले म होम आइसोलेसनमा बसेको छु ।’

आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको पनि उनले जानकारी दिए । सांसद श्रेष्ठले आफूसँग प्रत्यक्ष भेटघाट र सम्पर्कमा रहेका सबैले आवश्यक सजगता अपनाउन पनि अनुराेध गरेका छन् ।

प्रतिक्रिया