कर्णाली प्रदेशसभा बैठक दुई महिनादेखि स्थगित

कर्णाली  । कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण लामो समयदेखि कर्णाली प्रदेशसभाको बैठक बस्न सकेको छैन् ।

चालु आर्थिक वर्षको बजेट पारित गरेसँगै असार २७ गते स्थगित भएको बैठक त्यसयता बसेको छैन ।प्रदेशसभा सचिव जीवराज बुढाथोकीले कोरोना भाइरस महामारीका कारण वर्षे अधिवेशन प्रभावित हुन पुगेको बताए । ‘कोरोना सङ्क्रमणको जोखिम कायमै छ, केही विधेयक समितिमा विचाराधिन छन्,’ उनले भने,  ‘वर्षे अधिवेशन मुख्यतः बजेट पारितका लागि हो, बजेट पारित भइसकेको छ ।’

सभामुखले विषयगत समितिमा छलफलका क्रममा रहेका विधेयक टुङ्गिएपछि बैठक बोलाउने गरी मुख्यमन्त्रीसँग परामर्श गरिरहेको उनकाे भनाइ छ । सचिवालयले असोज अन्तिमसम्म बैठक बोलाएर वर्षे अधिवेशन अन्त्य गर्ने विषयमा छलफल अघि बढाएको जनाएको छ ।रासस

प्रतिक्रिया