गायक सिडी विजय अधिकारीको ‘सम्झेर सानु’ सार्वजनिक (भिडियाे सहित)

काठमाडाैं । भोइस अफ नेपालको पहिलो सिजन विजेता गायक सिडी विजय अधिकारीको नयाँ म्युजिक भिडियो ‘सम्झेर सानु’ सार्वजनिक भएको छ। यस गीतमा दिल खड्काको शब्द संगीत रहेको छ। गीतलाई फणिन्द्र राईले संगीत संयोजन गरेका हुन्।

धन कमाएर नेपाल फर्किन्छु भन्दा भन्दै बाध्यतामा परेका परदेशीहरु जो आफ्नो प्रीय मान्छेलाई सम्झिदै बसेका हुन्छन् ति प्रिय मान्छेहरु प्रति यो गीत समर्पित छ। कोरना कहरविच यो वर्षको दशैँमा घर फर्किन नपाउने परदेशीहरुको मन यो भिडियोले रुवाउने छ।

गीतको म्युजिक भिडियोमा रोशनी कार्की र राज खड्काको अभिनय देख्न सकिन्छ। बुद्ध थापाले छायांकन गरेको भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका हुन्। राज खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो। जीटुजी मिडियाको अफिसिएल च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।
हेर्नुहाेस भिडियाे

प्रतिक्रिया