वैदेशिक व्यापार घाटा घट्दै

काठमाडौं । नेपालबाट निकासी हुने वस्तुको परिमाण बढेर विदेशबाट आयात हुने वस्तुको परिमाण घट्दा व्यापार घाटामा सुधार आएको हो । गत आर्थिक वर्ष २०७६\७७ देखि सुध्रिन थालेको वैदेशिक व्यापार घाटामा निरन्तर सुधार आउन लागेको छ ।

गत वर्ष नेपालले वैदेशिक व्यापार घाटामा १६.८३ प्रतिशतले सुधार आएको थियो । वर्षभरी हुने आयात १५ प्रतिशतले खुम्चिँदा गत वर्षको व्यापार घाटा खुम्चिएको भन्सार विभागले जानकारी दिएको छ ।

यस्तै, चालू आर्थिक वर्षको दोस्रो महिना भदौमा पनि व्यापार घाटामा २४.९३ प्रतिशतको सुधार आएको छ। यसअवधिमा २२.०७ प्रतिशतले आयात घटेर १०.४९ प्रतिशतले निर्यात बढ्दा वैदेशिक व्यापार घाटामा उक्त सुधार आएको हो ।

गत वर्षको साउन र भदौ महिनामा नेपालले २ खर्ब २९ अर्ब ५० करोड रूपैयाँको आयात गरेको थियो। तर, यो वर्षको सोही अवधिमा जम्मा १ खर्ब ७८ अर्ब रूपैयाँको आयात गरेको छ ।

प्रतिक्रिया