सुनचाँदीको मूल्य बढ्यो, आज कारोबार कतिमा ?

काठमाडौँ । तीन दिनदेखि लगातार घटेको सुनचाँदीको मूल्य आज भने उकालो लागेको छ । आज सुनको मूल्य प्रतितोला ८ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला ४० रुपियाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ९ सय रुपियाँ, तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ४ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला १ हजार १ सय ६० रुपियाँ निर्धारण गरिएको छ ।

हिजो छापावाल सुन प्रतितोला ९३ हजार १ सय रुपियाँ, तेजावी सुन प्रतितोला ९२ हजार ६ सय रुपियाँ र चाँदी प्रतितोला १ हजार १ सय २० रुपियाँमा कारोबार भएको थियो । निर्धारण गरिएको छ ।

प्रतिक्रिया