आज असोज ९ गते शुक्रबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल [भिडियोसहित]

आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल असोज ०९ गते । शुक्रबार । ईश्वी सन् २०२० सेप्टेम्बर २५ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । अधिक आश्विन शुक्लपक्ष । तिथि–नवमी,४१ घडी २६ पला,बेलुकी १० बजेर २८ मिनेट उप्रान्त दशमी । नक्षत्र–पूर्वाषाढा,४१ घडी ०१ पला,बेलुकी ११ बजेर ०६ मिनेट उप्रान्त उत्तराषाढा । योग–शाभन,४९ घडी ५६ पला,रातको ०१ बजेर ५२ मिनेट उप्रान्त अतिगण्ड । करण– बालव,बिहान ११ बजेर ०० मिनेट उप्रान्त कौलव,बेलुकी १० बजेर २८ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–प्रवद्र्ध योग । चन्द्रराशि–धनु । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ५३ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ५५ मिनेट । दिनमान ३० घडी ०२ पला ।

आजको बार बेला ।
बिहान ५ बजेर ५४ मिनेटसम्म चर बेला ।
बिहान ५ बजेर ५५ मिनेटदेखी बिहान ७ बजेर २४ मिनेटसम्म लाभ बेला ।
बिहान ७ बजेर २५ मिनेटदेखी बिहान ८ बजेर ५४ मिनेटसम्म अमृत बेला ।
बिहान ८ बजेर ५५ मिनेटदेखी बिहान १० बजेर २४ मिनेटसम्म काल बेला ।
बिहान १० बजेर २५ मिनेटदेखी बिहान ११ बजेर ५४ मिनेटसम्म शुभ बेला ।
बिहान ११ बजेर ५५ मिनेटदेखी दिउसो १ बजेर २५ मिनेटसम्म रोग बेला ।
दिउसो १ बजेर २६ मिनेटदेखी दिउसो २ बजेर ५५ मिनेटसम्म उद्वेग बेला ।
दिउसो २ बजेर ५६ मिनेटदेखी बेलुकी ४ बजेर २५ मिनेटसम्म चर बेला ।
बेलुकी ४ बजेर २६ मिनेटदेखी बेलुकी ७ बजेर २५ मिनेटसम्म रोग बेला ।
नोटः शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

राहुकाल
बिहान १० बजेर २४ मिनेटदेखी बिहान ११ बजेर ५४ मिनेटसम्म रहने ।

आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) परिवारजनको साथले नयाँ आशा पलाउनेछ भने मित्रताको बन्धन कसिलो हुनुको साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान पाइने छ । छोटो दुरिको रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । विगतको श्रमबाट राम्रै लाभ हुनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । तरपनि सरसफाई र वातावरणको ध्यान दिनुहोला ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) बोल्दा ध्यान दिनुहोला,बोलीको विपरीत अर्थ लाग्न सक्छ । शरीर भारि र मन अस्थिर रहने हुनाले काम गर्न मन लाग्ने छैन । शरिरमा आलस्य र थकानको अनुभूति हुनेछ । बाटो काट्दा वा सवारी साधनको प्रयोग गर्दा सचेत हुनुहोला । धनमाल हराउने वा भौतिक सम्पती गुम्नसक्ने सम्भावना रहेकोछ । परिवारका सदस्य वा नजिकैको साथीले तपाईँलाई सहयोग गर्ने छैनन् ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) शुभचिन्तकहरूको सुझावलाई पालना गर्दा खुसी र उमङ्गको वातावरण बन्नेछ । आफन्तबाट सुनिने सुखद समाचारले अझ उत्साह बढ्नेछ । व्यापार–व्यवसायमा विशेष लाभ लिने सकिनेछ भने दैनिक उपभोग्य बस्तु तथा औषधीजन्य सामानको व्यापारमा वृद्धि हुनेछ । माया प्रेममा नजिक हुन सकिने तथा दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने योग रहेकोछ । तर्क, विवाद र बहसमा विजयी भइने छ । आशा गरेअनुरूप नै सहयोगी जुट्ने छन् ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) तर्क, विवाद र प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । पद प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । कार्यक्षेत्रमा आफ्ना कुराहरुमा सबैजना सहमत हुनेछन् । अफिसियल यात्राको प्रसस्त सम्भावना छ भने दीर्घकालिक फाइदा पुग्नेछ । आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन् । स्वास्थ्य सबल रहने हुनाले राम्रा काम गर्न सकिनेछ । मावली पक्षबाट सहयोग प्राप्त हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) छोराछोरीको कामबाट मनमा सन्तोष हुनेछ । बौद्धिक क्रियाकलापमा मन जानेछ भने लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने योग रहेकोछ । प्राविधिक र सृजनात्मक कामबाट सफलता मिल्नेछ । साथीहरूसित बौद्धिक र तार्किक विषयमा छलफल हुनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आफन्त वा आमा सरहका मानिससँग अलग्गिएर यात्रा गर्नु पर्दा मनमा खिन्नता पैदा हुनेछ । माया प्रेममा समान्य मनमुटाब बढेर जानेछ भने पति पत्नी बीचको सम्बन्धमा अबिश्वास पैदा हुनेछ । समाजसेवामा समय व्यातित हुनाले आफ्नो काम थाति रहनेछ । स्वास्थ्यमा समस्या आई लक्ष्य प्राप्तीमा विलम्ब हुनेछ । तरपनि कृषि तथा पशुपालनमा र बित्तिय क्षेत्रमा गरिएको लगानिबाट मनग्गे आम्दानि गर्न सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) महत्वाकांक्षी र स्थिर काम सम्पन्न हुने समय रहेको छ । सरकारी ओहोदामा वा राजनीतिमा सक्रिय हुनुहुन्छ भने आजको दिन तपाईंलाई फाइदा हुनेछ । मानसिक रूपले सबल, उत्साही, साहसी बन्नुहुनेछ । तपाईंभित्र मानसिक, शारीरिक, सामाजिक र बौद्धिक हैसियतमा बृद्धि हुनेछ । पदोन्नति वा स्तरबृद्धिको अवसर प्राप्त हुनेछ । घरपरिवारको साथसहयोग प्राप्त हुनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक पक्ष सबल रहनेछ । गहना, कपडा वा धातु जोड्ने समय रहेकोछ । मातापिता, मान्यजन वा विशिष्ट व्यक्तिसँग आत्मियता बढ्नेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । पारिवारिक माहोलमा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पहिलेका कमजोरिहरुलाई सुधार गर्दै प्रविधिको प्रयोग गरि नयाँ काम गर्न सकिने तथा मनग्गे लाभ लिन सकिनेछ । व्यापारमा वृद्धि हुनाले आर्थिक रुपमा सम्पन्न हुन सकिने हुनाले घर परिवारका सबै आवस्यक्ताहरु पुरा गर्न सकिनेछ । अध्ययनमा मन जानेछ तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । राजनीतिज्ञ तथा सामाजिक क्षेत्रमा काम गर्नेहरुका लागी समयले साथ दिने हुनाले पद प्राप्तीको योग रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार व्यावसायमा लगानि गर्नको लागि केहि समय पर्खनु नै उचित हुनेछ । पति पत्नी बीचको सम्बन्धमा तितोपन देखिने छ । आर्थिक सङ्कटले सताउने तथा दैनिकी कष्टकर नहोला भन्न सकिन्न । समय र नियमको अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभबाट बञ्चित होईनेछ । तरपनि यात्रासँग सम्बन्धीत काम हुनेछन् भने अध्ययन वा कामको शिलशिलामा विदेशमा हुनुहुन्छ भने समय फलदायी रहनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आत्मविश्वास र पराक्रममा वृद्धि हुनाले राम्र काम गर्न सकिनेछ । कलकारखाना र बन्दव्यापारबाट मनग्गे फाइदा लिन सकिनेछ । शत्रुलाई परास्त गर्न सकिनेछ भने प्रतिस्पर्धीहरुले साथ दिनेछन् । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत नोकरी गर्नेले मानसम्मान पाउने छन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) तपाईको कार्य शैलि सबैले मन पराउने हुँदा समाजमा राम्रा काम गरि नाम तथा दाम दुवै कमाउन सकिनेछ । नयाँ काम पाउने प्रवल सम्भावना रहेकोछ भने नोकरिमा बढुवा हुनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने नयाँ ठाउमा लगानि गर्ने बाताबरण बन्नेछ । ईष्टमित्र,आफन्तहरुका साथ जम्घट भई मिठो मसिनो स्वादिष्ट भोजनमा साथ रमाउन सकिनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

  • ज्यो.डिपी उपाध्याय ।

प्रतिक्रिया