‘दीपिकाले लाज मान्नुपर्ने, ड्रग्स नपाएकोमा उदास छ’

एजेन्सी । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको केसमा अनुसन्धान गर्ने एनसीबीले बलिउडका धेरै  स्टारहरूमा आफ्नो पकड कडा बनाएको छ ।

दीपिका पादुकोण, रकुल प्रीत सिंह, श्रद्धा कपूर र सारा अली खान जस्ता स्टारहरू चाँडै नै एनसीबी समक्ष हाजिर हुने भएका छन् । भारतीय समचार माध्यमका अनुसार अभिनेत्री शर्लिन चोपडाले विशेष रूपमा दीपिका पादुकोणलाई लक्षित गरेकी छिन् ।

शर्लिनले भनिन्– ‘दीपिका पादुकोणले हिंदुस्तानबाट धेरै लोकप्रियता पाइन् । मानिसहरूले उनलाई धेरै प्रेम र सम्मान दिए । तर, उनले आफ्ना फ्यानहरू र युवाहरूलाई के सन्देश पठाइरहेकी छिन् ? यदि तपाईँ निराश महसुस गर्दै हुनुहुन्छ, मानसिकरुपमा कमजोर हुनुहुन्छ भने तपाईँ गांजा, ह्यास, एमडिएमए, एलएसडि र कोकेन जस्ता औषधि प्रयोग गर्नुहुन्छ ?’

प्रतिक्रिया